SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ११:०२ AM · 1 मिनेट पढाइ

सेङलेङ चिया बगानमा गोडमेल गरी अर्घाखाँचीको भूमिकास्थानले मनायो युवा दिवस

अर्घाखाँची, २८ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चिया बगानमा गोडमेल गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । हरेक वर्ष अगस्ट १२ मा मनाइने यो दिवसको अवसरमा भूमिकास्थान नगरपालिका स्तरीय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको अर्घाखाँचीकै एक मात्र चियाबगैंचामा गोडमेल गरिएको हो ।