SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०१:२७ PM · 1 मिनेट पढाइ

शुल्क र पारिश्रमिक वृद्धिको विरोधमा दिव्यज्योति क्याम्पसमा तालाबन्दी

नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका–२, चिसापानीस्थित दिव्य ज्योति बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त सङ्घर्ष समितिले तालाबन्दी गरेका छन्। विद्यार्थी शुल्क वृद्धि, कर्मचारीको महङ्गी भत्ता तथा पारिश्रमिक बढाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरिएको हो।