SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०१:४० PM · 1 मिनेट पढाइ

मल नपाउँदा किसान आक्रोशित, बाँकेमा किसान महासंघको धर्ना

नेपालगञ्ज, २८ साउन । रासायनिक मल ब्यवस्थापन गर्न माग गर्दै समाजवादी किसान महासंघ, नेपाल लुम्बिनी प्रदेश समितिले बुधबार जिल्ला प्रशासन कार्यालय बाँके अगाडि धर्ना दिएको छ । रासायनिक मलको अभाव र कालोबजारीको बढ्दो समस्या अन्त्य गर्न माग गर्दै जसपा नेपाल निकट किसान संगठनले विरोध प्रदर्शनसँगै जिल्ला प्रशासनको गेटमा एक घण्टा धर्ना दिएको हो ।