SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

महिला उद्यमी महासंघको  लुम्बिनी प्रदेश तथा कोहलपुरमा नयाँ नेतृत्व चयन

नेपालगञ्ज , २८ साउन । महिला उद्यमी महासंघ नेपालले तीनै तहमा  आफ्नो संरचना विस्तार अभियानलाई तीव्र पारेको छ। महिला उद्यमीको क्षमता अभिवृद्धि र नेतृत्व विकासलाई थप सुदृढ बनाउन  संघियताको मर्मानुसार संरचना विस्तार गर्न लागेको हो । यसै अभियानअन्तर्गत महासंघले बुधबार लुम्बिनी प्रदेश र कोहलपुर नगर समितिको गठन गर्दै नयाँ नेतृत्वको जिम्मेवारी सुम्पेको छ।