SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०३:२९ AM · 1 मिनेट पढाइ

शान्त सहरलाई अशान्त नबनाऊ 

विश्व शान्तिको सहर लुम्बिनी विरोध र धर्ना कार्यक्रमले एक सातादेखि अशान्त र अस्तव्यस्त बनेको सुन्दा नेपालीलाई मात्रै होइन, विश्व समुदायलाई नै चिन्तित बनाएको छ । यही साउन १३ बाट लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा कर्मचारीले तालाबन्दी गरेर कामकाज ठप्प गरेपछि शान्ति स्थल लुम्बिनी अस्तव्यस्त बन्नु चिन्ताको कुरा हो ।