SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०४:३१ AM · 1 मिनेट पढाइ

घरेलु हिंसा नियन्त्रणमा समुदायको भूमिका  

घरेलु हिंसा भन्ने शब्द सुन्ने बित्तिकै हाम्रो मनमा शरीरमा लागेको नीलडाम, आँसुका धारा, चिच्याहट र रुवाबासीको कल्पना आउँछ । तर यस्तो प्रत्यक्ष हिंसा मात्र होइन, केही हिंसाहरू यस्ता पनि हुन्छन्, जसले न त चिच्याउन बाध्य बनाउँछ, न त शरीरमा नीलडाम देखिन्छ । तिनीहरू बोलिँदैनन्, उजागर हुँदैनन्, तर श्वास–श्वासमा चिमोटिरहन्छन् ।