SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०५:४३ AM · 1 मिनेट पढाइ

बलात्कारको आरोपमा पाकिस्तानी क्रिकेटर इंग्ल्याण्डमा पक्राउ

काठमाडौं, २३ साउन । पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अली बलात्कारको आरोपमा इंग्ल्याण्डमा पक्राउ परेका छन् । कुरा अगस्त ३ को हो, अहिले यो जानकारी बाहिर आएको छ । टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार २४ वर्षीय ब्याट्सम्यान हैदर पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) को एक हिस्सा हुन्।