SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०५:४९ AM · 1 मिनेट पढाइ

सुन प्रति तोला २ लाख पुग्न ६ सयँ बाँकी

काठमाडौं, २३ साउन। शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।