SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०५:५९ AM · 1 मिनेट पढाइ

कपिल शर्माको क्यानडाबाे कफी शपमा फेरी गोली प्रहार

काठमाडौं, २३ साउन । क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित कमेडियन कपिल शर्माको क्याफेमा फेरी गोली हानाहान भएको छ । मिडिया रिपोर्टका अनुसार बिहीबार बिहान ८५ एभिन्यू र स्कट रोडमा रहेको यो क्याफेको झ्यालमा कम्तिमा ६ बुलेट प्वाल र टुटेको सिसा देखिएको थियो ।