SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०७:४३ AM · 1 मिनेट पढाइ

मसोट खोलाको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध

दाङ,२३ साउन । लमही–घोराही सडक खण्डमा बनाइएको डाइभर्सन मसोट खोलाले बगाउँदा पुन सडक अवरुद्ध भएको छ  । शुक्रबार  बिहान परेको वर्षा पछि आएको बाढीले लमही–घोराही सडक खण्डस्थित मसोट खोलाको डाइभर्सन बगाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशनराज पाण्डेले जानकारी दिए । डाइभर्सन बगाउँदा लमही–घोराही सडकखण्ड पुन अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ ।