अनेरास्ववियु सिद्धार्थनगरले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान गर्दै
भैरहवा, २३ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, सिद्धार्थनगर, रुपन्देहीले २०८२ वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । अनेरास्ववियु सिद्धार्थनगरले सिद्धार्थनगर नगरपालिका (भैरहवा) भित्र रहेका विद्यालयबाट तथा सिद्धार्थनगरमा स्थायी बसोबास गर्ने उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको हो ।
