SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

सत्यवतीबासीलाई बुटवलमै शिविरमार्फत सरकारी सेवा

बुटवल, २३ साउन । बुटवलमा बसोबास गर्दै आएका गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–८ का स्थायी बासिन्दालाई लक्षित गर्दै दुई दिने विशेष सरकारी सेवा शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयको अगुवाइमा शुक्रबारदेखि कालिकानगरस्थित दुनाटपरी कटेजमा सेवा शुरु भएको हो ।