SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ बुटवल चौतारीको मानवतावादी पहल

बुटवल, २३ साउन । मानव सेवाप्रतिको साझा प्रतिबद्धतासहित रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ बुटवल चौतारीले एक अर्थपूर्ण सहकार्य गर्दै आवश्यकतामा परेका एक व्यक्तिलाई जीवनमा पुनः आत्मनिर्भरता दिलाउने काम गरेका छन् । संयुक्त पहलमार्फत अर्घाखाँची जिल्ला, सितगंगा–६ निवासी ४४ वर्षीय गोकर्ण बहादुर भाटलाई कृत्रिम खुट्टा प्रदान गरिएको हो ।