SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०८:२९ AM · 1 मिनेट पढाइ

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजीमा परराष्ट्रमन्त्री आरजु राणाको निर्देशन

काठमाडौँ, २३ साउन । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको उत्तराखण्डमा बाढी–पहिरोका कारण बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई तत्काल कदम चाल्न निर्देशन दिएकी छिन्। उनले भारत सरकारसँग समन्वय गरेर बेपत्ता नेपालीहरूको यथासिघ्र उद्धारमा लाग्न आग्रह गर्दै नेपाल सरकारले कूटनीतिक पहल थालिसकेको जानकारी दिइन्।