SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौँ, २३ साउन । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।