SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०९:४५ AM · 1 मिनेट पढाइ

रसुवाका बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शव बनाएर दाहसंस्कार

बारा, २३ साउन । बारा जिल्लाको फेटा गाउँपालिका- १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुर गत असार २४ गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए। एक महिनासम्म खोजी गर्दा पनि उनको अवस्था अज्ञात नै रहँदा परिवारजन र आफन्तहरूले उनलाई मृत घोषित गर्दै कुशको शव बनाएर आज शुक्रवार दाहसंस्कार गरेका छन्।