SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ १०:०८ AM · 1 मिनेट पढाइ

कल्याणपुर नगर प्रमुख राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा मुद्दा

काठमाडौं, २३ साउन । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिका वडा नं. ६ मा निर्माण गरिएको नालाको ठेक्कासम्बन्धी भुक्तानी दिने क्रममा साहले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले उनलाई विशेष अदालत, काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।