SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ११:०१ AM · 1 मिनेट पढाइ

 सीमा क्षेत्रमा भेटिएको शव कोहलपुरका वर्णवालको भएको पुष्टि

नेपालगन्ज, २३ साउन । भारतीय सीमा क्षेत्र रुपइडिहामा बिहीबार भेटिएको बेवारिसे शव बाँके कोहलपुरका युवा अरुण वर्णवालको भएको पुष्टि भएको छ । सामाजिक सञ्जालमा शवको भिडियो हेरेपछि मृतकका बहिनी प्रभा वर्णवालले बायाँ हातमा ‘अरुण’ लेखिएको ट्याटुका आधारमा आफ्नै दाजु भएको पहिचान गरेकी हुन् ।