SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०२:५७ PM · 1 मिनेट पढाइ

चारसयलाई रोजगारी दिने बुटवलका बुद्धिप्रसादः जसले बैदिक जनै र शास्त्रीय धागोबाट कमाउँछन् लाखौं रुपियाँ

बुटवल, २३ साउन । बैदिक जनै र शास्त्रीय धागो बेचेर पनि लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् राधा धागो उद्योग बुटवलका संचालक बुद्धिप्रसाद शर्मा । आधुनिकता र पश्चिमा शैलीको अनुसरण गर्दै अगाडि बढिरहेको बर्तमान अवस्थामा बुटवलका शर्मा बैदिक जनै, रक्षाबन्धन र शास्त्रिय धागो आदि बेचेर पनि लाखौं कमाउन सफल भएका छन ।