SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ०३:२९ AM · 1 मिनेट पढाइ

अब अन्तिम बनोस् म्याद थपको शृङ्खला  

बुटवल–नारायणगढ सडक निर्माणमा ढिलासुस्ती र चरम लापरबाही भइरहेको बेला नारायणगढ–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरिएको छ । तेस्रो पटक थप गरिएको म्याद सकिँदासम्म जम्मा ७० प्रतिशत मात्र भौतिक प्रगति भएको सडक निर्माणका लागि एक वर्ष थप गरी २०८३ साउन ७ गतेसम्म म्याद दिइएको हो ।