SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ०६:३६ AM · 1 मिनेट पढाइ

‘जङ्क फुड खान्नौ’ अक्सफोर्डका बालबालिकाको सन्देश

बुटवल, २० साउन । अक्सफोर्ड बोर्डिङ स्कुलका सानासाना बालबालिकाहरू सोमबार फरक कार्यक्रममा सहभागी भए, मनोरञ्जनसहितको स्वास्थ्य सचेतना कार्यक्रम । एलकेजीका बालबालिकाहरूले “म जङ्क फुड खान्न“ भन्ने नारासहित विद्यालय परिसरमा मार्च पास गरे । ४–५ वर्षका ती नानीहरूमध्ये कोहीले ग्लोब्स लगाए, कसैले मास्क, त कतै शिरमा खानेकुराका परिकारका तस्बिर सजाइएका थिए ।