SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ०७:१३ AM · 1 मिनेट पढाइ

सुनको मूल्यले तोड्यो रेकर्ड, चाँदीमा पनि वृद्धि

काठमाडौं, २० साउन। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ एकैदिन १ हजार ९०० रुपैयाँले बढेर तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। यसअघि वैशाख ९ गते सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको थियो।