SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक सडक अवरुद्ध

गुल्मी, २० साउन । लगातारको अविरल वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित फलाटे भन्दा केही तल रहेको  बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिएका छन् ।