SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ०७:५८ AM · 1 मिनेट पढाइ

सहकारीको नाममा करोडौं ठगी, अध्यक्षसहित ७ जना पदाधिकारी फरार

 काठमाडौं, २० साउन । काठमाडौं महानगरपालिका–१० न्युरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सञ्चालक समितिका सात जना पदाधिकारी बचतकर्ताको करिब पाँच करोड रुपैयाँ ठगी गरेर फरार भएका छन्।