SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ०८:५४ AM · 1 मिनेट पढाइ

तार्केश्वर–११ का अध्यक्षसहित ११ जना पक्राउ

काठमाडौं, २० साउन। तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार उनीहरूलाई सीमा विवादपछि भएको झडपसम्बन्धी घटनामा पक्राउ गरिएको हो। घटना काठमाडौं महानगरपालिका–१६ र तार्केश्वर–११ को सिमानामा पर्ने खोला करिडोर निर्माणका क्रममा भएको हो।