बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
काठमाडौँ, २० साउन । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेश समितिका सभापति बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेका गरी ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
