SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको काल बन्दै मावाखोला पुल

उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी–९ र झापा दमक–१० जोड्ने मावाखोला पुल चिरा चिरा परेको छ। दायाँबायाँको माटो बगिसकेको छ। रड देखिन थालेको छ। अनि, राज्य भने मौन रहेको छ । पुलमुनिको खोलाको धार पूर्वतिर सर्दै छ, पुलसँगै जोडिएको जमिन भासिँदै छ। स्थानीय सरकारदेखि सङ्घसम्म— तीन तहको सरकारकै आँखामुनि पुल भत्किँदै छ।