SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

सल्यान कालिमाटीमा पहिरोले विद्यालय र बारीमा क्षति, एक परिवार विस्थापित

सल्यान, २० साउन सल्यानको कालिमाटी गाउँपालिका–२ स्थित बागखोर झिंगाने गाउँमा अविरल वर्षापछि गएको पहिरोले विद्यालय र निजी खेतबारीमा क्षति पुर्याएको छ भने एक परिवार विस्थापित भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार दिउँसो साढे १ बजे सृजनशील माध्यमिक विद्यालयभन्दा करिब ७० मिटर माथिबाट लेदो माटोसहितको ठूलो पहिरो खसेको हो।