SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ १०:२३ AM · 1 मिनेट पढाइ

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सङ्गठित र संघन प्रयास जारी: अर्थमन्त्री पौडेल

काठमाडौँ,  २० साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले सङ्गठित र सघन प्रयास जारी राखेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले भने, ‘नेपालको सङ्गठित र सघन प्रयासहरूको परिणामस्वरूप निर्धारित समय अगावै नेपाल ग्रे लिस्टबाट बाहिर निस्कनेछ ।