SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

कुलिङ पिरियड प्रकरणमा संसद् महासचिव पाण्डेयको सफाइ: ‘न धम्की दिएँ, न प्रधानमन्त्री भेटेँ’

काठमाडौं, २० साउन । संघीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले संघीय निजामती सेवा विधेयकको विवादित “कुलिङ पिरियड” प्रकरणमा आफू निर्दोष रहेको स्पष्ट पार्दै कसैलाई धम्की नदिएको, प्रधानमन्त्रीलाई समेत नबेठेको र समितिको निर्णयलाई चुनौती नदिएको बताएका छन्।