SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ १२:४८ AM · 1 मिनेट पढाइ

दिउँसो यी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौँ । आज (साउन २१, बुधबार) दिउँसो तथा राति पनि देशभर विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाड भेगमा अधिकांश बदली रही बाँकी स्थानमा साधारणतया बदली (आकाशमा बादल) रहनेछ।