SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

काठमाडौँ, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले राजीनामा माग गरेका हुन्। ‘कुलिङ अफ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ, यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई सोधिन्छ।