SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

हनुमानढोकामा रहेको पुरानो प्रहरी भवन हटाएर पोखरी बनाउने निर्णय

काठमाडौं । काठमाडौं  महानगरपालिका र नेपाल प्रहरीको सहकार्यमा ऐतिहासिक हनुमानढोका क्षेत्रमा रहेको नेपाल प्रहरीको पुरानो भवन भत्काएर परम्परागत पोखरी पुनर्निर्माण गरिने भएको छ। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबीच भएको शिष्टाचार भेटमा उक्त सहमति बनेको हो।