SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ १०:१७ AM · 1 मिनेट पढाइ

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते प्रदर्शन गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गर्ने भएको छ ।  अमेरिकन सहयोग एमसिसी परियोजनाविरुद्ध देशभर नेकपाले विरोध प्रदर्शन गर्ने भएको हो । नेकपाको एमसिसी सरोकार समितिका संयोजक भरत सीले साउन ३० गते देशका मुख्य सहरमा एमसिसी विरुद्ध जनप्रदर्शन गर्न लागेको जनाएका छन्।