३.९६ जिपिएसहित क्याननका राजेशको लक्ष्य– कम्प्युटर इन्जिनियर बन्ने
बुटवल, २१ साउन क्यानन सेकेन्डरी स्कुलका विद्यार्थी राजेश पौडेलले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्। विज्ञान संकायबाट उत्कृष्ट नतिजा ल्याउने राजेशलाई विद्यालयले नेपाल प्रथम भएको दाबी गर्दै १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ। कपिलवस्तु घर भएका राजेश कक्षा ११ र १२ बुटवलको क्याननमा अध्ययन गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
