SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ वर्ष पछि पक्राउ

लमही , २१ साउन । दाङमा प्रहरीले हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ वर्षपछि पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरकी ५० बर्षिया बसन्ता शर्मा पण्डितलाई गढवा प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । उनले आफ्नी सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिइन ।