SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ ११:२२ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक १.९४ अंकले घट्दै २८३२ अंकमा

 काठमाडौं, २१ साउन । बुधबारको सेयर बजार कारोबारमा सामान्य गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.९४ अंकले घट्दै २८३२ अंकमा आएर बन्द भएको हो। अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनापछि बजार हरियोबाट रातोमा गएको हो, यद्यपि त्यसअघि बजार २ अंकले बढेको थियो ।