SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ ०३:३९ PM · 1 मिनेट पढाइ

नेपाल मिडिया सोसाइटीले काठमाडौँमा गर्‍यो अन्तरक्रिया कार्यक्रम

काठमाडौँ, २१ साउन । प्रस्तावित मिडिया काउन्सिल विधेयक सञ्चार स्वतन्त्रता विपरीत भएको भन्दै पत्रकार, सम्पादक र कानुनविद्हरूले आपत्ति जनाएका छन्। नेपाल मिडिया सोसाइटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन्। नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव बोधराज त्रिपाठीले सञ्चालन गरेका थिए भने संयोजक धर्मराज भुसालले विषय प्रवेश गराएका थिए।