SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ १२:३६ AM · 1 मिनेट पढाइ

पाँच दिनदेखि बेपत्ता अनिल परियार मृत फेला

शुद्धोधन, २१ साउन । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ न्यू दुर्गानगरका जुठे दमाईका नामले चिनिने अनिल परियार पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन्। साउन १६ गते राति करिब साढे आठ बजे “केहीबेरमा फर्कन्छु” भनी लु ८ प ६४५१ नम्बरको मोटरसाइकलमा घरबाट निस्केका परियार त्यसपछि बेपत्ता भएका थिए।