SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०१:४६ AM · 1 मिनेट पढाइ

लम्पी स्किन नियन्त्रणमा कमजोरी, नवलपरासीमा संक्रमण बढ्दो

समाचार सारांश सुनवल, बर्दघाट, रामग्राम लगायतका पालिकाहरूमा रोग फेरी देखा परेको छ । परासीस्थित पशु रोग अन्वेषण प्रयोगशालाले परीक्षण गर्दा १४ वटा पशुमा लम्पी पोजेटिभ भेटिएको पुष्टि । हालसम्म ६ वटा स्थानीय तहका ६५ घरधुरीका ३२२ गाई र १५ भैंसीमा असर देखिएको छ । तिनीहरूमध्ये ७७ गाई र ५ भैंसी बिरामी छन् ।