SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०३:३७ AM · 1 मिनेट पढाइ

अनुदान वितरणमा सरकारको बेवास्ता !

उखुको अनुदान रकम राज्यले नदिएपछि देशैभरका उखु किसानहरू यतिबेला आन्दोलित भएका छन् । राज्यले प्रदान गर्ने प्रति क्विन्टल ७० रूपैयाँ अनुदान रकमबाट ३५ रूपैयाँ बाँकी राखेको र आर्थिक वर्ष २०८२/०८३ को बजेटमा अनुदान रकम कटौती गरेकोले किसानहरू आन्दोलनमा जान बाध्य भएका छन् । सरकारले उखु किसानलाई राहत दिनुपर्ने बेला उल्टो आन्दोलन गर्न बाध्य वनाएको छ ।