गैरकानूनी रूपमा खाडी लैजान लागिएका ४० नेपाली महिलाको उद्धार
काठमाण्डौ, २२ साउन । भारत हुँदै तेस्रो देश पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। गैरकानूनी रूपमा खाडी मुलुकहरूमा घरेलु श्रमिकका रूपमा पठाउन लागिएका ती महिलाहरूलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी बुधबार नेपाल फिर्ता ल्याइएको हो। दिल्लीस्थित नेपाली दूतावासका अनुसार दलालहरूको प्रलोभनमा परी ती महिलाहरू भारतमार्ग हुँदै तेस्रो मुलुक लैजान लागिएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
