SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०४:१६ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षा विधेयकमाथि समितिको बैठक आज

काठमाडौं, २२ साउन। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ। बैठकमा विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि विस्तृत छलफल हुने बताइएको छ। यसअघि पटक–पटक बैठक बस्दा पनि सहमति जुट्न नसक्दा विधेयक निष्कर्षमा पुग्न सकेको थिएन।