SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०६:४२ AM · 1 मिनेट पढाइ

बर्दघाट नगरपालिकाद्वारा विद्यार्थी दुर्घटना राहत कोष स्थापना

नवलपरासी पश्चिम, २२ साउन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै ‘विद्यार्थी राहत कोष’ स्थापना गरेको छ। आर्थिक वर्ष २०८२र८३ को नगर बजेटमा समावेश गरी रु १० लाखको कोष व्यवस्थापन गरिएको हो।