SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०६:५६ AM · 1 मिनेट पढाइ

देशका ३२ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडौं, २२ साउन । देशभर मनसुनको प्रभाव कायमै रहेका बेला आज ३२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रदेशका अछाम, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा बाढीको मध्यम जोखिम छ।