SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०७:५२ AM · 1 मिनेट पढाइ

केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

 काठमाडौं, २२ साउन । ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीमा १८ वर्षीय केटा साथीको घरमा गएकी एक किशोरीको रहस्यमय मृत्यु भएको छ । बुधबार दिउँसो ती किशोरी केटा साथीको घरमा पुगेकी थिइन् । सोही क्रममा उनी अचानक बेहोस भएपछि उनलाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो, तर अस्पताल पुग्दा चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।