SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०८:०४ AM · 1 मिनेट पढाइ

मोसादका लागि जासुसी गर्नेलाई इरानले चढायो फाँसीमा

तेहरान, २२ साउन । इरानको न्यायपालिकाले बुधबार इजरायली शासनको मोसादका लागि काम गर्ने एक जासुस र दाएस् (आईएसआईएल वा आईएसआईएस) आतङ्कवादी समूहको सदस्यलाई मृत्युदण्ड दिएको छ । मोसादका जासुस रुजबेह वादीलाई सियोनिष्ट शासनको जासुसी एजेन्सीसँगको सम्बन्धमा दोषी ठहरिएपछि बुधबार बिहान फाँसी दिइएको हो । उनी इरानको एउटा महत्त्वपूर्ण र संवेदनशील संस्थामा कार्यरत थिए ।