SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ १०:१२ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षा विधेयकमा ढिलाइको दोष प्रचण्डले कांग्रेस–एमालेलाई दिए

 काठमाडौं, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ हुनुको दोष कांग्रेस र एमालेतर्फ लगाएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु (क्रान्तिकारी) ले आयोजना गरेको विद्यार्थी संवाद कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्व, विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण विधेयक अघि बढ्न नसकेको बताएका हुन् ।