SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ १०:२६ AM · 1 मिनेट पढाइ

एएफसी यु-१७ एसियन कप छनोटको समूह ‘जी’ मा नेपाल

काठमाडौं, २२ साउन । नेपाल एएफसी यु-१७ एसियन कप छनोट प्रतियोगिताको समूह ‘जी’ मा परेको छ। एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार यो समूहमा नेपालसहित दुई पटकको विजेता ओमान, म्यानमार, सिरिया र अफगानिस्तान छन् । यो समूहको खेल म्यानमारमा हुनेछ। नेपाल यसअघि तीन पटक यु(१७ एसियन कप खेलिसेकेको छ ।