SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य: नारायणकाजी श्रेष्ठ

काठमाडौँ, २२ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास पूर्णतः अस्वीकार्य हुने स्पष्ट गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन।